संयुक्त राष्ट्रसंघ महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्वमा जोड दिँदै हरेक वर्ष ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिएको हो ।

विश्व पर्वत दिवसको मुख्य उद्देश्य पर्वतीय क्षेत्रको महत्व, दिगो विकास, वातावरण संरक्षण र पर्वतीय समुदायमा पर्ने असरबारे जनचेतना फैलाउनु हो। यस दिन नेपालमा पनि पर्वतीय पर्यटन, जैविक विविधता र जलवायु परिवर्तनका चुनौतीबारे विविध कार्यक्रमहरू आयोजना गरिन्छन्
पृथ्वीको कुल भू–भागको ४ प्रतिशत भाग पर्वतै–पर्वतयुक्त छ । ४ प्रतिशत भूभागभित्र पृथ्वीको कुल जनसंख्याको १३ प्रतिशत अर्थात् ९१ करोड ५० लाख मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।
विश्वको कुल जनसंख्याको ७० प्रतिशत जीवनले विभिन्न तरिकाबाट पर्वतीय क्षेत्रको पानी उपभोग गर्ने गर्छन् । यसैगरी, नेपालको कुल भू–भागको ४३ प्रतिशत भू–भाग पहाडै–पहाडले भरिएको छ ।
जसको कुल १५ प्रतिशत भू–भाग हिमाली क्षेत्रले ओगटेको छ । विश्वमका मुख्य हिमालहरू मध्ये धेरै जसो नेपालमा नै बढी भएकाले विश्व समुदायले चासो व्यक्त गर्ने गरेको छ ।