प्रतिनिधिसभा निर्वाचन २०८२

२०८२ भदौ २३ मा भ्रष्टाचारविरुद्ध जेन-जी युवा आन्दोलन देशभर फैलियो। दबाबमा प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरे। भदौ २७ मा नेपालकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हाले, र त्यसपछि फागुन २१ मा मतदानको घोषणा भयो।

निर्वाचन संरचना

प्रतिनिधिसभामा जम्मा २७५ सिट छन्:

  •  १६५सिट: प्रत्यक्ष निर्वाचन (FPTP) – सबैभन्दा बढी मत पाउने जित्छन्

  •  ११०सिट: समानुपातिक (PR) – दलीय मतको आधारमा बाँडिन्छ

मतदाताले दुईवटा मतपत्र प्रयोग गर्छन् – एउटा उम्मेदवारलाई, अर्को दललाई। मतदान समय: बिहान ७ देखि साँझ ५ बजेसम्म। कुल मतदाता: करिब १ करोड ८९ लाख।

प्रमुखदल उम्मेदवारहरू

नेकपा (एमाले): अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट उम्मेदवार; प्रधानमन्त्री पदका दाबेदार।

रास्वपा: पूर्वमेयर बालेन्द्र शाह झापा-५ बाटै ओलीसँग प्रत्यक्ष भिडन्त — यो चुनावको सबैभन्दा चर्चित प्रतिस्पर्धा। अध्यक्ष रबी लामिछाने चितवन-२ बाट।

नेपालीकांग्रेस: नयाँ अध्यक्ष गागन कुमार थापा सर्लाही-४ बाट। देउवाले यो चुनाव नलड्ने। कांग्रेसले १०६ नयाँ अनुहार र ११ महिला उम्मेदवार उठाएको छ।

माओवादी: प्रचण्ड वाम मोर्चाको नेतृत्वमा। राप्रपा, जनमत, उज्यालो पार्टी लगायत दलहरू पनि मैदानमा।

प्रमुख चुनावीमु द्दाहरू

भ्रष्टाचारविरोध, सुशासन, युवा/महिला प्रतिनिधित्व, प्रत्यक्ष निर्वाचित कार्यकारी, जलविद्युत विकास र भारत-चीनसँगको सन्तुलित परराष्ट्र नीति – यी नै यस चुनावका केन्द्रीय मुद्दाहरू हुन्।

मतदाताजागरण: सहीव्यक्तिछान्नुस्, सहीनिर्णयगर्नुस्

तपाईंकोएउटामतलेसरकारकोदिशातोक्छ।योअधिकारउपयोगनगर्नुदेशप्रतिकोबेइमानीहो।

उम्मेदवारछान्दायीकुराहरूमाध्यानदिनुस्:

उम्मेदवारकोपृष्ठभूमिजाँच्नुस्: के उनीमाथि भ्रष्टाचार वा फौजदारी मुद्दा छ? अघि के काम गरे?

घोषणापत्रवाचापढ्नुस्: कुन दलले के गर्ने भनेको छ? के ती व्यावहारिक र विश्वासयोग्य छन्?

स्थानीयकामहेर्नुस्: अघि निर्वाचित भएको हो भने, उनले आफ्नो क्षेत्रमा के गरे?

पैसाउपहारलेमतनबेच्नुस्: मत किन्ने र बेच्ने दुवै राष्ट्रघात हो — यसैले भ्रष्ट नेता बन्छन्।

जात, धर्म, क्षेत्रकोआधारमाछान्नुहुँदैन: योग्यता र नीतिको आधारमा मत हाल्नुस्।

मतदानदिनअनिवार्यतयारी:

  •  मतदातापरिचयपत्रवानागरिकता साथमा राख्नुस्।

  •  आफ्नोमतदानकेन्द्रपहिलेनैजानकारीलिनुस् – election.gov.np मा खोज्न सकिन्छ।

  •  मतदातानामावलीमाआफ्नोनामकिछैनजाँच्नुस्।

  •  मतगोप्यहुन्छ — निडर भएर आफ्नो इच्छाअनुसार मत हाल्नुस्।

  •  परिवारछिमेकीलाईपनिमतहाल्नप्रोत्साहितगर्नुस्।

Election 2082 Data

2356