विश्व जनसङ्ख्या दिवस

विश्व जनसङ्ख्या दिवस ११ जुलाईको दिन संसार भरि मनाईने वार्षिक क्रार्यक्रम हो्। जसका माध्यमबाट विश्वमा रहेका जनसङ्ख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने का गरिन्छ।

संयुक्त राष्ट्रसंघीय विकास कोष (United Nations Development Programme)को गभर्निङ काउन्सिल द्वारा सन् १९८९ देखि ११ जुलाई लाई जनसङ्ख्या दिवसको रूपमा मनाउन थालिएको हो। यो विश्व जनसङ्ख्या ५ अर्ब (बिलियन) पुगेको मिति ११ जुलाई १९८७ लाई आधार मानेर तय भएको मिति हो।

विश्व जनस्ख्या दिवस २०१२ “सबैमा प्रजनन् स्वास्थ्य सेवाको पहँच”(“Universal Access to Reproductive Health”)भन्ने नाराका साथ मानाइयो।

July ९, २०१२ (बिहान ६.३१ UTC)को अनुमान अनुसार विश्वको जनसङ्ख्या ७,०२५,०७१,९६६ रहेको छ। विश्व जनस्ख्या दिवस २०१३ किशोरावस्थामा गर्भधान:सर्वाङ्गीण विकासमा व्यवधान भन्ने नाराका साथ विश्वभर बिभिन्न कार्यक्रमगरी मनाइयो।

22