
सरुवा रोगको सङ्क्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने अध्ययनले देखाए । अक्टोबर १५ विश्व हात धुने दिवस मनाउने गरिन्छ ।
कुनै बेला नेपालमा विश्व हात धुने दिवस मनाउने गरिए पनि अहिले त्यो प्रचलन हराएको छ । हातको फोहोरका कारण विभिन्न सरुवा रोग लाग्ने र त्यसबाट मानिसको मृत्यु हुने थाह हुँदाहुँदै पनि दिवस मनाउन छाडिएको हो ।