
- ‘सर, नमस्ते’
- ‘नमस्ते’
- ‘तपाइँलाई बधाई र शुभकामना छ ।’
- हँ, के को बधाई ? अनि केलाई शुभकामना हो ?’
- ‘आज त विश्व शिक्षक दिवस हो नि, तपाईहरुको नामको दिवसमा तपाईलाई शुभकामना दिउँ भनेर नी’
- ‘ए, मलाई त थाहै भएन त, लौ तपाइँलाई धन्यवाद !’
संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले सन् १९९४ देखि हरेक अक्टोबर ५ मा यो दिवस मनाउने घोषणा गरेको थियो । शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपालका शिक्षकहरुले आफ्नो हकअधिकारको पक्षमा आवाज उठाउँदै यो दिवस मनाउने गर्छन् । नेपालमै पनि यो दिवस मनाइने गरे पनि दिवस बारेमा स्वयम् शिक्षकहरु भने अनविज्ञ भेटिएका छन् ।
माथिको संवाद पनि त्यही अनविज्ञताको एक नमूना हो । शिक्षकहरुले अरु विभिन्न दिवसहरुको ख्याल गरे पनि आफ्नै पेशासँग सम्बन्धित दिवसबारेमा भने ख्याल गर्ने गरेका छैनन् ।