विश्व क्षुद्रग्रह दिवस

डिसेम्बर २०१६ मा संयुक्त राष्ट्रसंघ महासभाले प्रस्ताव A/RES/71/90 पारित गर्‍यो, जसले ३० जूनलाई अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवस घोषणा गर्‍यो।

अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवसले क्षुद्रग्रह प्रभावको खतराबारे सार्वजनिक चेतना अभिवृद्धि गर्न र नजिकको पृथ्वी वस्तुको विश्वसनीय खतराको अवस्थामा विश्वस्तरमा लिनुपर्ने संकट संचार कार्यहरूको बारेमा जनतालाई जानकारी गराउन उद्देश्य राखेको छ।

सौर्यमण्डल बन्दा अवशेषका रूपमा मङ्गल र बृहस्पति ग्रहका बीचमा रहेको भागलाई क्षुद्रग्रह भनिन्छ ।

क्षुद्रग्रह ग्रह पृथ्वीलाई पार गरेर जानसक्ने भएकाले खतरापूर्ण मानिन्छ ।  दिवसका अवसरमा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले विविध कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

विश्वका विभिन्न देशमा सन् २०१५ देखि यो दिवस मनाउन थालिएको हो । सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यो दिवसलाई मान्यता दिएपछि भने सन् २०१७ देखि धेरै देशले मनाउन थालेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

३० जून १९०८ मा रसियास्थित साइबेरियाको जङ्गली क्षेत्रमा सानो क्षुद्र ग्रह आएर टुङुस्का नामको घटना भएको उनले सुनाए । जङ्गली क्षेत्रमा ठोक्किएकाले वन सखाप भएको थियो । यसैले पृथ्वीलाई खतरा हुन सक्ने क्षुद्रग्रहको अध्ययन अनुसन्धान गरिनुपर्ने माग सोसाइटीले राख्दै आएको छ । 

सोसाइटीले सन् २०१६ देखि क्षुद्रग्रह खोज अभियान सुरु गरेको हो । यसक्रममा सन् २०२१ को मेसम्म एक हजार एक सय ९४ क्षुद्रग्रह सोसाइटीकै नेतृत्वमा भएको खोजबाट पत्ता लागेको छ । 

यीमध्ये ११ वटाले अस्थायी नाम पाएका छन् । एउटा भने पृथ्वीका लागि खतरनाक रहेको छ । यसको नाम २०१९ के के ५ राखिएको छ । यी ग्रह पृथ्वीको कक्ष काटेर जाने बेलामा खतरा मानिन्छन् । क्षुद्रग्रहलाई नाङ्गो आँखाले देख्न सकिँदैन ।

1251