
इन्टरनेटका माध्यमबाट भर्चुअल रूपमा दुनियाँसँग अन्तर्क्रिया गर्न सहज भएको छ । २१औँ शताब्दीमा त इन्टरनेटबिना हामी हाम्रो दिन कल्पना गर्न नै सक्दैनौँ । असुरक्षित इन्टरनेट प्रयोग गर्दा डिभाइसमा भाइरस छिर्नुका साथै हाम्रा महत्त्वपूर्ण डेटा लिक हुन सक्छन् । त्यसैले हरबखत हामीले सुरक्षित इन्टरनेट प्रयोग गर्न आवश्यक छ ।
The EU SafeBorders project started the Safer Internet Day in 2004. However, now, the Insafe network of European Safer Internet Centres organises the initiative of Safer Internet Day, with the support of the European Commission. This day is celebrated on the second day of the second week of February every year.
सन् १९९० मा पहिलो पटक कम्प्युटर वैज्ञानिक टिम बर्नर्स (Tim Berners-Lee)ले विश्वमा वर्ल्ड वाइड वेब (www) परिचित गराएका थिए । त्यसपछि विभिन्न स्वरूपमा इन्टरनेटको विकास हुँदै गयो ।
इन्टरनेटमार्फत विश्वव्यापी सञ्चारले हजारौं व्यक्तिलाई एकसाथ जोडेको छ । इन्टरनेको विकाससँगै यसबाट हुने दुरुपयोग पनि बढ्न थाल्यो । त्यसलाई मध्यनजर गर्दै सन् २००४ मा फेब्रुअरी दोस्रो हप्ताको दोस्रो दिनलाई युरोपेली संघले सुरक्षित इन्टरनेट दिवस घोषणा गर्यो ।
पछि सन् २००९ मा सुरक्षित इन्टरनेट दिवस, विभिन्न देशहरूसँग सम्बन्ध बलियो बनाउन विश्वव्यापी बनाइएको थियो । हाल युरोपेली संघको यो परियोजनामा विश्वका १०० बढी देश जोडिएका छन् ।
यसको मुख्य उद्देश्य भनेको युवा तथा बालबालिकामा इन्टरनेटबाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्नु हो ।
सुरक्षित इन्टरनेट दिवसकाे महत्व
कयौँ प्रयोगकर्तालाई इन्टरनेट प्रयोग गरिरहँदा के कस्ता उपाय अपनाउने , इन्टरनेटमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने जानकारी हुँदैन । सुरक्षित इन्टरनेट दिवसले यही कुरालाई प्राथमिकता दिन्छ ।
प्रयोगकर्तालाई इन्टरनेटबाट हुने जोखिमबारे जनचेतना दिन यो दिवस विश्वव्यापी रूपमा मनाउने गरिन्छ ।
यो दिवसमा के कस्ता विषयमा मानिसहरूलाई सचेत गराइन्छ ?
सुरक्षित इन्टरनेट दिवसमा विभिन्न विषयहरू समेटिन्छन् । विशेषगरी अनलाइन गोपनियता, साइबर बुल्लिङ, इन्टरनेटको लत, अनलाइन प्रतिष्ठा, डिजिटल नागरिकता जस्ता विषयमा मानिसहरूलाई सचेत बनाइन्छ ।
इन्टरनेटमा सुरक्षित हुन के गर्ने ?
हामीले सामान्य कुराहरू ख्याल नगर्दा इन्टरनेटमा हाम्रा डेटा लिक भइरहेका हुन्छन् । इन्टरनेटमा सुरक्षित रहन तलका प्रक्रिया अपनाउनुहोस्:
- बलियो पासवर्ड राख्ने
- ईमेल तथा मेसेन्जरमा आएका लिङ्कलाई नबुझी क्लिक नगर्नुहोस्
- आफूले प्रयोग गर्ने एप तथा सफ्टवेयर अपडेट गर्नुहोस्
- व्यक्तिगत जानकारी शेयर गर्दा ख्याल गर्नुहोस्
- सुरक्षित वाई-फाई नेटवर्कको प्रयोग
- बालबालिकालाई अनलाइन सुरक्षाबारे सचेत गराउनुहोस्