विश्व जनसंख्या दिवस

आज ११ जुलाई अर्थात विश्व जनसंख्या दिवस , नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईदैछ । संयुक्त राष्ट्रसघको आहृवान अनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।

किशोरावस्थामा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न हुने र जनसंख्या व्यवस्थापन प्रभावित हुने भएकाले जनसंख्या दिवसमा किशोरावस्थामा हुने गर्भाधानमा जोड दिइएको छ ।दिवसका अवसरमा एक सन्देश दिदै राष्ट्रसंघका महासचिव वान की मुनले यौन तथा प्रजनन स्वास्थ्यको जानकारी दिदै मातृ स्वास्थ्यको ग्यारेन्टी गरिनुपर्ने बताएका छन् । उनले गर्धाधानको विषयमा जागरुकता बढाउन पनि विश्व समुदायलाई अपिल गरेका छन्छ । राष्ट्रसंघीय जनसंख्या कोषले १० देखि १९ बर्षका उमेर समूहकालाई किशोर किशोरीका रुपमा परिभाषित गरेको छ ।विश्वमा दैनिक एक करोड ८० लाख युवती प्रजननका लागि सहभागी हुने भए पनि उनीहरूमा प्रजननबारे वास्तविक ज्ञानको अभाव देखिएको छ ।

702