विश्व मातृभाषा दिवस

अन्तर्राष्ट्रिय मातृभाषा दिवस (International Mother language Day) फेब्रुअरी २१ मा मनाइन्छ । सन् १९५२ मा बङ्गलादेशमा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ । त्यसबेला बङ्गलादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । सन् १९९९ नोभेम्बर १७ मा युनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्विकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्र संघले समेत यस दिनलाई मातृभाषा दिवसका रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । बङ्गलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ ।

463