विश्व भन्सार दिवस

जनवरी २६ तारीखका दिन संसारभरि भन्सार दिवस मनाईन्छ, यसरी यस दिनमा भन्सार दिवस मनाईने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । यस वर्ष संसारभरिका देश अनि सरकारले ६६औं भन्सार दिवस मनाउँदै छन् ।

सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई जनाउँदछ ।

नेपालको भन्सार प्रसासनले विभिन्न भन्सार बिन्दुहरुमा भन्सार महसुल, मूल्य अभिबृद्धि कर, अन्तशुल्क तथा अन्य करहरु असुल गर्दछ । यसले कुल राजस्वको ४४ प्रतिशत तथा कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । भन्सार महसुलले मात्र कुल कर सम्बन्धी राजस्वको २० प्रतिशत प्रतिनिधित्व गरेको हुन्छ । यसरी आन्तरिक राजस्वको परिचालनमा भन्सार प्रसासनले अग्रस्थान ओगटेको छ । परन्तु भन्सार प्रसासनको भुमिका आन्तरिक राजस्व परिचालनमा मात्र सिमित हुन जरुरी छैन । राष्ट्रिय सुरक्षामा आँच नपुग्ने गरी अन्तरराष्ट्रिय आचार अनुरुप व्यापार सहजिकरणमा पहल गर्न, सिफारिश गर्न तथा प्रचलित अभ्यास अपनाउन भन्सार प्रशासनको महत्वपुर्ण भूमिका रहेको छ । अन्तरराष्ट्रिय व्यापार, प्रविधिको विकास,  राष्ट्रिय आवश्यकता र उदार तथा खुल्ला अर्थ व्यवस्था अनुरुप गति बोधक रहेर प्रसासनलाइ दक्ष, पारदर्शी र सेवामुखि बनाउन हामी प्रतिबद्ध छौं । देशको आर्थिक प्रबन्ध तथा विकासका लागि आन्तरिक स्रोत परिचालनमा भन्सार प्रसासनको उत्तरदायित्व स्वीकार गरी सामाजिक सुधारमा समेत प्रतिबद्ध छौं।

341