विश्व फिजियोथेरापी दिवस

विश्व फिजियोथेरापी दिवस (World Physiotherapy Day) हरेक वर्ष सेप्टेम्बर ८ (September 8) मा मनाइन्छ। सन् १९९६ देखि सुरु भएको यो दिवसले शारीरिक सक्रियता, व्यायाम, र दीर्घकालीन रोग/चोटपटकको व्यवस्थापनमा फिजियोथेरापीको भूमिकाबारे जनचेतना जगाउँछ। यस दिन फिजियोथेरापिस्टहरूको योगदानको सम्मान र बिरामीको पुनर्स्थापनामा यसको महत्वबारे विश्वभर विभिन्न कार्यक्रमहरू गरिन्छ।

नेपालमा पनि सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।

विश्व फिजिकल थेरापी दिवसले यो नारा विश्व स्वास्थ्य संगठनको वृद्धावस्था तथा स्वास्थ्य सम्बन्धी विश्वकै रिपोर्टमा आधारित रहेर प्रयोग गरेको हो, जसमा वृद्धावस्थाका मानिसहरुलाई आˆनो कार्यक्षमताको मर्मत सुधार उच्च आवश्यक छ, भनिएको छ ।

सामान्यतः फिजियोथेरापी भनेको भौतिक चिकित्सा हो । हाडजोर्नी, नशा लगायतका रोग भएका मानिसलाई यो उपचार प्रभावकारी मानिन्छ ।

कतिपयलाई औषधिले काम नगरेको खण्डमा समेत फिजियोथेरापीद्धारा उपचार गर्ने गरिन्छ ।

विभिन्न चोट पटकका कारणले भएको भौतिक पीडा लगायत मांशपेशीको पीडा कम गर्न फिजियोथेरापिस्टहरु विभिन्न व्यायाम तथा उपचार गर्न सुझाव दिन्छन् ।

मांशपेशी च्यातिएको (लिगामेन्ट टियर), कमजोर मांशपेशी, स्वास प्रस्वास सम्बन्धी समस्या, घाँटी तथा जीउको दुखाई कम गर्न पनि फिजियोथेरापी उपयुक्त मानिन्छ ।

2537