
विश्वमा आजभन्दा झण्डै ६० वर्षपछिको ल्याटिन अमेरिकाको डोमेनिकन गणराज्यका मिरावल परिवारका तीन दिदीबहिनी (पेटि्रया, मिनर्मी र मारिया) को तत्कालीन निरंकुश तानाशाही सरकारले निर्मम हत्या गरेको थियो। त्यसको विरोधमा त्यहाँका जनताले नोभेम्बर २५ को दिनलाई लिङ्गका आधारमा महिला विरुद्ध गरिएको राजनीतिक हिंसाको विरोध गर्न दिवसका रूपमा मनाउन थालेका हुन्। पछि त्यसलाई सन १९९९ डिसेम्बर १७ मा संयक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्वरलाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध दिवसका रूपमा मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। त्यसयता हरेक वर्षको २५ नोभेम्वरलाई विश्वभर महिला हिंसाविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ। यस दिवसलाई नेपालमा पनि १६ दिने अभियानका रूपमा २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म मनाउने गरिएको छ।
नेपाली समाज अझै पनि रुढिवाद र कूसंस्कारले जकडिएको छ। नारीप्रति हेरिने दृष्टिकोणमा अझै उदारता नआएको सामाजिक यथार्थ हाम्रासामु र्छलङ्गै छ। विकसित र शिक्षित देशहरूमा नारी पुरुषबिच समान सहभागिता छ। देश निर्माणमा पहिला योगदान पुरुषसरह छ। विश्व मानत्रित्रमा महिलाहरू पुरुषसरह नै शक्तिशाली भएका छन्।
फार्ब्सले सन् २००४ देखि विश्वका १०० शक्तिशाली महिलाहरूको सूची निकाल्दै आएको छ। बेलायतकी पन्जेला मर्किल (ज्यान्सलर) विश्वकै शक्तिशाली (प्रभावशाली) महिलाको पहिलो सूचीमा पर्दछन्। विकसित देशहरूमा नारी पुरुष एकआपसमा उदारतापूर्वक मित्रता गाँस्छन्। विकास निर्माणका कामहरूमा सँगसँगै हातेमालो गर्दछन्। राजनीतिक, सामाजिक क्षेत्रहरूमा समान सहभागिताले महिलाहरू सबै क्षेत्रमा दक्ष भएका छन्। हाम्रो समाज वोधो चेतना र संकुचित विचार र मानसिकताले ग्रसित छ। नेपाली समाजमा महिलाहरू चुलो-चौकीमा सीमित राखेर उनीहरूका भावनालाई कुन्ठित गरिएको छ। पितृसत्तामक र पुरुषप्रधान देश कहलिएको नाममा महिलाले सामाजिक, शारीरिक, मानसिक आर्थिक, राजनितिक लगायत अन्य क्षेत्रहरूमा अनेक प्रकारका हिंसाका घटना सहनुपरेको छ। अझ पहाडिको समाज फकेर हेर्दा त महिलालाई नरकको मुल ढोका ठान्ने र घरको नामको झ्यालखानामा थुनने पितृसत्ता कायम थियो। पीडा र कष्ट सहेर अरुका लागि हाँसिदिने र अर्कैका लागि जीवन सुम्पेर महानताको पाठ पढाउने साक्षात् सरस्वती हुन् महिला। नारीको खुसीमा विश्व जगतको खुसी छ भने देशको भविष्य प्रगतिको पाईला छ अझ भनौ, महिलामा इज्जतको इशारा छ, शान्तिको मार्ग पहिल्याउन सक्ने क्षमता छ अनि साहसिक शक्तिको सफल कथा छ अतः महिला बिना हाम्रो समाज अपूर्ण छ।
भनिन्छ, जहाँ नारी जातिको सम्मान हुन्छ। त्यहाँ भगवान पनि खुसी हुन्छन्। यो उक्तिले पनि झन् नारीको सम्वन्ध दैविक अस्तित्वसँग गाँसेको छ। शास्त्रका श्लोकहरूमा नारीको पूजा गर्नुपर्छ भनेर भन्ने हाम्रो समाजले हरेक क्षेत्रमा नारीको वेवास्ता गर्दै आएको छ। आफुलाई प्रगतिशील ठान्ने र सभा/समारोहमा नारी अधिकारका चको भाषण गर्नेहरूले पनि नारीप्रति हिंसा गरेको देखिन्छ। घर बाहिर नारी समानताका विषयमा वकालत रहस्य गर्न सक्षम हामी घरमा र भित्रभित्रै नारी दमनका लाजमर्दा काम गर्दै आएका छौ। जनसंख्याको आधा हिस्सा ओगटेका नारीको उन्नति बिना देशको प्रगति असम्भव छ। हरेक क्षेत्रमा नारीको वर्चश्व हुन आवश्यकता छ अनि नारीका विचार, भावनालाई सम्वोधन गर्न आवश्यक छ। महिला भन्ने वित्तिकै अगाडि बढ्न सक्दैनन् भन्ने संकुचित विचारबाट मुक्त हुन आवश्यक छ। तवमात्र हामीले खोजेको समुन्नत समाजको कल्पना गर्न सक्छौ।