
सूचनाकाे पहुँचबाट काेहीपनि छुट्नु नहुने हेतुले संयुक्त राष्ट्रसंघकै पहलमा सन् १९७२ बाट विश्व विकास सूचना दिवस मनाउन थालिएकाे थियाे ।
सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना गरेको हो र विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने संकल्प लिएको हो। त्यस एता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस” मनाइन्छ।
सभाले सूचनाकाे फैलावट, जनताकाे विचारकाे परिचालन, युवा नेतृत्वशैली, जागरण, समस्या र विकास जस्ता पक्षहरूमा प्रवधर्न गर्दै लैजाने उद्धेश्य पारीत गरेकाे थियाे । यसै दिवसमा केन्द्रित गरेर नेपालमा पनि विभिन्न कार्यक्रमहरू हुने गरेका छन् ।