विश्व गरिबी निवारण दिवस

विश्व गरिबी निवारण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइन्छ । सन् १९९३ देखि अक्टोवर १७ तारिखका दिन गरिवी निवारण दिवस विश्वव्यापी रुपमा मनाईदै आइएको हो ।

नेपालमा हाल कूल जनसंख्याको झण्डै आधा प्रतिशत गरिबीको रेखामुनी रहको तथ्यांक रहेको छ । राष्ट्रसंघले शिक्षा, स्वास्थ्य तगाएत दैनिक जीवनका १० वटा परिसूचकको आधारमा गरिबीको परिभाषा गरिएको छ भने दैनिक १ अमेरिकी डलर भन्दा कम आय भएका मानिसलाई गरिबीको सूचीमा राख्दै आएको छ ।

विश्वमा तीन अर्ब मानिस गरीबीको रेखामुनि रहेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । राष्ट्रसंघले दैनिक दुई अमेरिकी डलर भन्दा कम आम्दानी गर्नेलाई गरीबको सूचिमा राख्ने गरेको छ । तथ्यांक अनुसार विश्वका ८० लाख मानिसले पर्याप्त खान पाएका छैनन् भने गरिबीकै कारण ८४ लाख प्रौढ मानिस निरक्षर रहेका छन् ।

176