
सन् १९४६ मा लण्डनमा भएको एक अन्तराष्ट्रिय भेलाले गुणस्तरको विकाश गर्ने अन्तराष्ट्रिय सस्थाको निर्माण गर्ने निर्णय गरेको दिनको सम्झनामा सन् १९७० देखि हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।
दिवसका अवसरमा उपभोग्य वस्तुको गुणस्तर वृद्धि, गुणस्तरीय सामानको उत्पादन र वितरण तथा उपभोक्ता सचेतना लगायतका विषयमा विभिन्न कार्यक्रम हुने गर्छन् ।
हाल गुणस्तर कायम गर्ने उदेश्यले नेपाल गुणस्तर (प्रमाणचिन्ह – NS) ऐन २०३७, नेपाल गुणस्तर नियमावली (प्रमाणचिन्ह) २०४०, स्टान्डर्ड नाप तौल ऐन २०२५ र स्टान्डर्ड नाप र तौल नियमहरू २०२७ कार्यन्वयनमा रहेकाछन् । उत्पादनमा गुणस्तर प्रमाणचिन्ह आइएसओ अंकित गराउने काम ऐच्छिक हुनु र कुनै पनि उद्योगले गुणस्तरहीन सामान उत्पादन वा आयात गरेमा हुने कारवाही प्रक्रिया कमजोर भएको उपभोक्ता अधिकारकर्मीहरु लगायतका सरोकारवालाको गुनासो छ । कालाबजारी र गुणस्तरहीन सामग्रीको बिगबिगी, खाद्यवस्तुमा मिसावट र कम नापतौल राखेर बेचविखन भइरहेको गुनासो बढ्न थालेको छ । त्यहि भएर उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्न बिभिन्न संघ संस्थाहरुले सक्रियता बढाएका छन् ।