विश्व खुशी दिवस

मार्च २० अर्थात् अन्तर्राष्ट्रिय खुसी दिवस।

संयुक्त राष्ट्रसङ्घको हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको छ। यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुरु गरिएको हो। जीवनको आनन्द नै खुशीमा मात्र हुन्छ भनेर मानिसले बुझ्नु जरुरी हुन्छ।

सन् २०११ मा संयुक्त राष्ट्र संघको महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई आधारभूत मानव लक्ष्य बनाएको हो। यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्र संघका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाए। त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइन्छ।

संयुक्त राष्ट्रसंघका अनुसार सिर्जनात्मकता, सकारात्मक सोच, उदारता, तथा परोपकारिता खुसी प्राप्त गर्ने महत्वपूर्ण तत्वहरू हुन्। यस दिवसले व्यक्तिगत मात्र नभई राष्ट्रहरूको नीति तथा योजनाहरूमा पनि नागरिकहरूको समग्र खुसीलाई प्राथमिकता दिन प्रेरित गर्दछ। खुसी एक व्यक्तिगत अनुभूति मात्र नभई वैश्विक समृद्धिको आधार पनि हो भन्ने संदेश दिन अन्तर्राष्ट्रिय खुसी दिवस विश्वभर मनाइन्छ।

1583