विश्व पर्यटन दिवस

सन् १९९७ को संयुक्त राष्ट्रसङ्घीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।

विश्व पर्यटन दिवस मुलुकको पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार हो । नेपाललाई अन्तर्राष्ट्रियजगत्मा प्रवद्र्धन गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ, तर नेपालमा यो दिवसलाई केवल ‘कर्मकाण्डी’ का रुपमा औपचारिकता मात्र निभाइँदै आएको छ ।

विश्व पर्यटन दिवस पर्यटन क्षेत्रको महत्वपूर्ण पर्व भए पनि यसलाई औपचारिकतामा मात्रै सीमित राख्दा पर्यटनको बजारीकरण र प्रवद्र्धन हुन नसेको सरकार र निजी क्षेत्रका अधिकारी स्वीकार्छन् । पर्यटन दिवसलाई विशेष पर्वका रुपमा स्थापित गर्नसके यसबाट पर्यटकीय लाभ लिन सकिने उनीहरुको बुझाइ छ ।

नेपालमा पर्यटनका महत्वपूर्ण दिवसका रुपमा मे २९ को सगरमाथा दिवस र २९ सेप्टेम्बरको विश्व पर्यटन दिवस पर्यटन प्रवद्र्धन गर्ने मूल आधार हुन् । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सर्वोच्च शिखरसहित चर्चित हिमशृङ्खला, विश्व सम्पदा सूचीकृत सांस्कृतिक सम्पदा, वेशभूषा र सांस्कृतिक रहनसहन आदिले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य मानिन्छ । पर्यटनको प्रचुर सम्भावना रहे पनि सरकार र निजी क्षेत्रको समन्वयको अभाव र दूरदर्शिताका कारण नेपालले पर्यटनबाट अपेक्षित लाभ लिन सकेको छैन ।

139