
सन् 2008 डिसेम्बर 5 तारिख आयोजित 53 औं राष्ट्र संघीय महाधिवेशनमा सन् 2009 देखि जुन आठ तारिखलाई विश्व समुद्र दिवस मनाउने निर्णय गरिएको थियो। उक्त दिवसको लक्ष्य समुद्रको महत्व र विश्वव्यापी प्रदूषण तथा जल-प्राणीको अति उपभोगलगायतबाट समुद्री वातावरण तथा जल-प्राणीहरूमा पारिएको नकारात्मक प्रभावमा अझ बढी नजर पुर्याउनु हो।