विश्व बाघ दिवस

आज विश्व बाघ दिवस । सन २०१० देखि नेपाले पनि अन्तर्राष्ट्रिय स्तरमा बाघ दिवस मनाइँदै आएको छ ।

करिब सय वर्ष अघि विश्वमा बाघको सङ्ख्या १ लाखको हाराहारीमा थियो । एक दशक अघिसम्म बाघको सङ्ख्या ३ हजार २ सयमा सीमित भएपछि विश्वमा यसको सङ्ख्या दोब्बर बनाउने लक्ष्य सहित सन् २०१० नोभेम्बरमा रुसको सेन्ट पिटर्सबर्गमा भएको भेलाले निर्णय गरेको थियो । सोहीअनुसार नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन सफल भएको छ । नेपालमा बाघको सङ्ख्या ३ सय ५५ पुगेसँगै नेपालले सन् २०२२ सम्ममा सङ्ख्या दोब्बर बनाउन गरेको सङ्कल्प पनि पूरा गरेको हो । सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा पाइएका छन् । त्यहाँ १ सय २८ वटा बाघ छन् । त्यसै गरी बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ बाघ पाइएका छन् । बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ छन् । । गत वर्ष मङ्सिर १९ गते सुरु भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

पछिल्ला वर्षहरूमा नेपालमा बाघको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ तर बाघ संरक्षणको चुनौती पनि कम छैन । बाघको प्रभावकारी व्यवस्थापन गर्न नसके मानव-बाघ द्वन्द्व बढ्ने अर्को जोखिम पनि उत्तिकै छ ।

1177